scheduleशुक्रवार चैत्र ८ गते, २०७५

पुल भत्कियो, ६ को मृत्यु, ३१ घाइते

नयाँ दिल्ली, १ चैत । भारतको आर्थिक राजधानी मुम्बईमा पैदल यात्रु हिड्ने एक पुल भत्किदाँ ज्यान गुमाउने व्यक्तिको सङ्ख्या कम्तीमा ६ हुनुको साथै अन्य ३१ घाइते भएका प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ ।

बिहीबार साँझ भएको यस घटनामा छ व्यक्तिको मृत्यु हुनको साथै अन्य ३१ घाइते भएका एक प्रहरी अधिकारीले जानकारी दिएका छन् । घाइतेहरुको अवस्था हाल स्थिर रहेको जनाइएको छ । स्थानीय समयानुसार बिहीबार साँझ ७ः३० सो घटना भएको थियो ।

यस घटनामा ज्यान गुमाउने व्यक्तिलाई ५ लाख भारतीय रुपियाँ बराबरको क्षतिपूर्ति दिने महाराष्ट्रका मुख्य मन्त्रीले  बताएका  छन् ।

स्थानीय सरकार अधिकारीहरुका अनुसार सो पुल १९८० मा बनेको थियो । सो पुल बन्द नगरिएको र सार्वजनिक हिड्डुलको लागि खुल्ला गरिएको थियो  । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob