scheduleसोमवार चैत्र ११ गते, २०७५

समिम अन्सारीविरुद्ध सर्वोच्च गए अब्दुल सलाम

काठमाडाैं,  १ चैत ।  मुस्लिम आयोगको प्रस्तावित अध्यक्षमा सिफारिश भएका समिम  अन्सारीविरुद्ध  सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको  छ । नक्कली  नागरिकता, शैक्षिक प्रमाणपत्र तथा उमेर नमिले पनि सवैधानिक परिषद्को तर्फबाट अन्सारीलाई आयोगको अध्यक्षमा सिफारिश गर्ने बाटो खुलेपछि अब्दुल सलामले सर्वोच्च अदालतमा शुक्रबार रिट दायर गरेका  हुन् ।

उनि  सार्वजनिक सुनुवाई विशेष समितिमा उजुरी परेपछि  विवादमा आएका थिए ।   उनको अनुमोदन गरिसक्नुपर्ने मिति गुजारेपछी उनका लागि नियुक्तिको बाटो खुलेको हो । अन्सारीको  बारेमा फागुन २५ गते अन्तिम निर्णय गर्ने समय थियो । तर समितिले त्यो दिन कुनै निर्णय गरेन ।

सर्वोच्चमा रिट दायर गर्ने अब्दुलका अनुसार  उनको नागरिकताको बारेमा छानविन गर्दा उनको उमेर ३८ वर्ष मात्र पुगेको छ । तर संवैधानिक आयोगका अध्यक्षका लागि ४५ वर्ष उमेरको हदको व्यवस्था छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob