scheduleमगलवार जेष्ठ ७ गते, २०७६

२०७६ सालः कुन पर्व कहिले, कति छन् बिहेको लगन ?

काठमाडौं, १ चैत । २०७६ सालको नयाँ पात्रो सार्वजनिक भएको छ । चर्चित तोयनाथ पञ्चाङ्ग पात्रो अनुसार २०७६ सालमा मंसिरमा ८ दिन गरी वर्षभरीमा ६६ दिन विवाहको साइत जुरेको छ । मंसिरमा १७ दिन र वैशाख र फागुनमा ११/११ दिन बिहेको साइत रहेको पात्रोमा उल्लेख गरिएको छ ।

पञ्चाङ्ग निर्णायक समितिको सहमतिमा प्रकाशित उक्त पात्रोमा उल्लेख गरिएअनुसार वैशाख, जेठ, असार, मंसिर, माघ र फागुन महिनामा कुल ६६ दिन विवाहको साइत छ भने साउन, भदौ, असोज, कात्तिक, पुस र चैत गरी ६ महिनामा एक दिन पनि बिवाहको साइत छैन ।

नयाँ वर्षमा तोकिएको छ । यसमा सबैभन्दा धेरै जेठ महिनामा १७ दिन लगन जुरेको छ । वैशाख र फागुनमा ११/११ दिन बिहेको साइत परेको छ ।

कुन महिनामा कति गते विवाहको साइत ?
वैशाख- ३, ४, ५, ६, ७, ८, १८, २३, २४, २९ र ३१ गते

जेठ- २, ३, ४, ५, ९, १४, १५, १६, २१, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ गते

असार- १, ९, १०, ११, २१, २२, २३, २४, २५, २६ गते
असोज- यो महिनामा साइत नभए पनि दशैंको टीकाको दिन बिहे गर्ने प्रचलन छ ।

मंसिर-३, ६, १२, १४, १९, २०, २१ र २५ गते

माघ- २, ४, १५, १६, १७, २१, २६, २७, २९ गते
फागुन- ४, ५, १३, १४, १५, १९, २५, २७, २८, २९ र ३० गते

हरेक वर्ष विवाह पञ्चमीको दिन विवाह गर्न साइत हेर्नुपर्दैन भनिन्छ । तर, यसपटक त्यो सुविधा पनि दिइएको छैन ।

चाडपर्व

२०७६ सालको दशैं असोज २१ गते,
भाइटीका कात्तिक १२ गते (गोबर्द्धन पूजा पनि यही दिन)

साउन २० गते नागपञ्चमी र
साउन ३० गते रक्षा बन्धन अर्थात जनैपूर्णिमा
भदौ २६ गते हरितालिका तीज
कात्तिक १६ गते छठ
फागुन ९ गते महाशिवरात्रि
फागुन २६ गते होली

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob