scheduleसोमवार चैत्र ११ गते, २०७५

फौजदारी संहिता संशोधन हुँदै, ५० प्रतिशत कैद भुक्तान गरेमा बाँकी मिनाहा

काठमाडौं, १ चैत । सरकारले ५० प्रतिशत कैद भुक्तान गरेका कैदीहरुलाई बाँकी कैद छुट हुने गरी फौजदारी संहिता संशोधन गर्न लागेको छ ।

कारागारको क्षमता कम भएका कारण कैद छुट पाउन सक्ने अपराधमा संलग्नहरुलाई ५० प्रतिशत कैद भुक्तान गरेको भए बाँकी छुट दिन सक्नेगरी फौजदारी संहिताका केही प्रावधान संशोधन गर्न लागिएको गृहमन्त्रालय जनाएको छ ।

कारागारको दुरावस्थाका कारण फौजदारी संहिता परिवर्तन गर्न लागेको गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी दिए । बिहिबार संसदको राज्य ब्यवस्था तथा सुशासन समितिमा राईले  भने –‘५० प्रतिशत कैद कसैले भुक्तान गर्छ भने ५० प्रतिशत छुट दिन सक्नेगरी संशोधन प्रस्ताव लगेका छौं ।’

अपराध संहितामा २५ प्रतिशतसम्म छुट दिन सक्ने ब्यवस्था छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob