scheduleमगलवार जेष्ठ ७ गते, २०७६

अमेरिका भ्रमण सकेर स्वदेश फिर्ता भइन् राष्ट्रपति भण्डारी

काठमाडौं, १ चैत । पाँच दिने अमेरिका भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छन्।  राष्ट्रपति भण्डारी राष्ट्रसंघीय महिला नियोगको अन्तरसरकारी संस्था ‘कमिसन अन दि स्ट्याटस अफ वुमन’ को वुमन इन पावर कार्यक्रममा भाग लिएर शुक्रबार अपरान्ह स्वदेश फर्किएकी हुन्।

उनले अमेरिकामा वुमन इन पावर सम्मेलनलाई सम्बोधन गर्नुका साथै राष्ट्रसंघका महासचिव लगायतसँग भेटवार्ता गरेकी थिइन्।

आइतबार न्यूयोर्क प्रस्थान गरेकी  राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेललगायतले  स्वागत गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob