scheduleशनिवार चैत्र ९ गते, २०७५

जनकपुरमा उभिएर पूर्वराजाले भने- यो तराई हो, मधेस भन्दिनँ

फाइल फोटो

जनकपुरधाम, १ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले तराईलाई मधेस नभन्ने बताइरहेका छन् ।

सरकारले स्वतन्त्र मधेस गठबन्धनलाई मान्यता दिइरहेको सन्दर्भमा उनको यस्तो अभिव्यक्ति आएको हो ।

शुक्रबार दिउँसो जानकी मन्दिरमा पूजापाठपछि सञ्चारकर्मीले पूर्वराजा शाहलाई मधेस भ्रमण र स्थानीयको मनोभावनाबारे प्रश्न गरेका थिए । जवाफमा उनले भने, ‘यो तराई हो, हामीले पहिलेदेखि नै तराई भन्दै आएका छौं, मधेश भन्दिनँ ।’

पत्रकारसँग संक्षिप्त कुरा गरेका उनले आफूले पूजाआजाको क्रममा ‘सबैको भलो होस्’ भन्ने कामना गरेको बताए । पत्रकारहरुले ‘जानकी मन्दिरमा पूजापाठ गरेर के माग्नुभयो ?’ भनी प्रश्न गरेका थिए । ‘मुलुकमा शान्ति र प्रगतिको आवश्यकता छ,’ देशको अवस्थाबारे पत्रकारको प्रश्न सम्बोधन गर्दै उनले भने, ‘तपाईंले नै हेर्नुस् जनताको मनोबल, जनताको परिस्थिति कस्तो छ, के छ उहाँहरुलाई नै सोध्नुस् । मलाई नसोध्नुस् ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob