scheduleमगलवार जेष्ठ ७ गते, २०७६

राउतले सरकारलाई नराम्ररी झुक्याए : वरिष्ठ नेता पौडेल


कपिलवस्तु, १ चैत्र । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको माओवादीलाई राजनैतिक प्रतिबन्ध लगाउनुको साटो वार्ता र सम्वादको माध्यमबाट सहमतिमा ल्याई मूलधारको राजनीतिमा समावेश गराउन विशेष जोड दिनुपर्ने बताएका छन् ।

नेपाली काङ्ग्रेस कपिलवस्तु क्षेत्र नं २ ले यशोधरा गाउँपालिकामा आज आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले विप्लव समूहलाई सहमतिमा ल्याउने मुख्य जिम्मेवारी सत्तारुढ दलका नेता पुष्पकमल दाहालकै रहेको बताए । सो अवसरमा नेता पौडेलले सिके राउतले विखण्डनकारी नीति अझै नछोडेको भन्दै सिके राउतले सरकारलाई नराम्ररी झुक्याएको आरोप लगाए । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob