scheduleशनिवार जेष्ठ ११ गते, २०७६

एएफसी यू–२३ च्याम्पियनसिपका लागि खेलाडी छनोट

फाइल फोटो

काठमाडौँ, १ चैत । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कतारमा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनसिपको छनोट खेल खेल्ने नेपाली टोलीको आज घोषणा गरेको छ ।

सन् २०२० मा थाइल्याण्डमा आयोजना हुने च्याम्पियनसिपका लागि दोहामा हुने छनोटका लागि नेपालले २३ सदस्यीय टोलीको घोषणा गरेको मुख्य प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिए । छनोटका खेल यही चैत ७ देखि ११ गतेसम्म हुनेछन् ।

नेपाली टोलीमा अविशेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, अर्पण कार्की, असिम भुसाल, विकास खवास, विमल घर्तीमगर, विश्वास श्रेष्ठ, दिनेश राजवंशी, गौरब बुढाथोकी, हेमन्त थापामगर, कमल श्रेष्ठ, प्रिजन तामाङ, धीरज श्रेष्ठ, रोमन रसाइली, सुमन अर्याल, सुनिल बल, तेज तामाङ, छिरिङ गुरुङ, नितिन थापा र दीप कार्की छन् ।

टोलीको मुख्य प्रशिक्षक महर्जन र सहायक प्रशिक्षक सुमन श्रेष्ठ छन् । छनोटको समूह ‘ए’ मा रहेको नेपालले बलियो टोली कतार, ओमान र अफगानिस्तानसँग खेल्नेछ । नेपालले पहिलो खेल ओमानसँग चैत ७ गते, दोस्रो खेल ९ गते कतार र अन्तिम खेलमा नेपालले ११ चैतमा अफगानिस्तानसँंग खेल्नेछ । छनोटको शीर्ष टोलीले एएफसी यू–२३ च्याम्पियनसिप खेल्नेछन् । नेपाली टोली यही चैत ५ गते त्यसतर्फ जाने बताइएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob