scheduleशुक्रवार चैत्र ८ गते, २०७५

यू-१९ टोली घोषणा, रोहितले पाए कप्तानी


काठमाडौं, १ चैत । आईसीसी यू-१९ विश्वकप छनोटको तयारीस्वरुप भारत भ्रमणका लागि नेपाली राष्ट्रिय यू-१९ टोली घोषणा गरिएको छ । १८ सदस्यीय राष्ट्रिय टोलीको कप्तानीको जिम्मेवारी युवा ब्याट्सम्यान रोहितकुमार पौडेल पाएका छन् । टोलीको प्रशिक्षकको जिम्मेवारी विनोद दासले पाएका छन् ।

यो टोलीको पौडेलले पहिलो पटक कप्तानीको जिम्मेवारी पाएका हुन् । उनले राष्ट्रिय टोलीबाट पछिल्लो समयमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । यसअघि यू१९ टोलीबाट खेलिसकेका अधिकांश सदस्यहरु रहेको टिम शनिबार भारत उड्नेछ ।

यो टोलीले भारतको आन्द्र स्टेट क्रिकेट टिमसँग ४ अभ्यास खेल्नेछ । उक्त खेलपछि आगामी महिना मलेसियामा हुने यू-१९ विश्वकप छनोटको लागि १४ सदस्य अन्तिम टोलीको घोषणा हुने बताइएको छ ।
यी हुन् भारत भ्रमणको लागि घोषणा भएको राष्ट्रिय टोली-
१.रोहित कुमार पौडेल (कप्तान)
२.आशिफ शेख
३.पवन सरार्फ
४.भिम सार्की
५.सन्दीप जोरा
६.रभि कुमार शाह
७.रित गौतम
८.कमल सिंह ऐरी
९.राशिद खान
१०. सागर ढकाल
११अभिषेक बस्नेत
१२.कुशल मल्ल
१३.हरि बहादुर चौहान
१४.प्रतिस जिसी
१५.आकाश चन्द
१६.सुर्य तामाङ
१७ लोकेश बहादुर बम
१८.शेर मल्ल

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob