scheduleआइतवार जेष्ठ १२ गते, २०७६

आउट सोर्सिङ भिसा रद्द गर्दै मलेसिया, हजारौं नेपाली प्रभावित हुनसक्ने

क्वालालम्पुर, २ चैत । वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियाले आउटसोर्सिङ भिसा (एक कम्पनीको नाममा भिसा लिई अर्कै वा तेस्रो कम्पनीमा काम गर्न पाउने सुविधासहितको अनुमति) रद्द गर्ने भएको छ । उसले अब यही मार्च महिनापछि उक्त भिसासम्बन्धी प्रावधान हटाउन लागेको हो । उक्त म्याद सकिन अब दुईसातामात्र बााकी छ ।

एक कम्पनीमा कामदार भर्ना गरि अर्को कम्पनीमा काम लगाउादा कामदार ठगिने र अप्ठ्यारोमा पर्ने गरेको ठम्याई अधिकारीहरुको छ । उक्त निर्णय लागू भएमा हजारौं नेपालीले जागिर गुमाउने र स्वदेश र्फकनुपर्ने अवस्था सृजना हुनेछ । नेपालीसहित अन्य विदेशी कामदार पनि प्रभावित हुनेछन् ।

त्यस्ता कम्पनीले कामदार कार्यरत कम्पनीसाग बढी रकम लिएर कामदारलाई न्यून पारिश्रमिक तिर्ने गरेकाले कामदारको श्रम शोषण हुने गरेको, मानव बेचविखन लगायत समस्या बढेको भन्दै उक्त भिसासम्बन्धी व्यवस्था हटाउन लागेको जनाइएको छ ।
मलेसियाली अधिकारीहरुका अनुसार हाल करिब १ सयभन्दा बढी आउटसोर्सिङ कम्पनीहरु क्रियाशील छन् र ती कम्पनी अन्तर्गत करिब २६ हजार विदेशी कामदार कार्यरत रहेको बताइन्छ । तीमध्ये हजारौं नेपाली कामदार रहेको अनुमान छ ।

ती कम्पनीहरुले श्रमिक स्रोत मुलुकहरुबाट आफ्नो कम्पनी अन्तर्गत भिसामा कामदार आपूर्ति गरि ती कामदारहरुलाई तेश्रो पक्ष वा कम्पनीहरुमा काममा लगाउने गरेका छन् ।

आफूसाग भएका त्यस्ता कामदारको सुरक्षित व्यवस्थापन गर्न सरकारले आउटसोर्सिङ कम्पनीहरुलाई करिब ५ महिनाको अवधि दिएको थियो । यस्तो भिसाको म्याद यही मार्च ३१ सम्ममात्र रहनेछ । सरकारले त्यस्ता कामदारलाई उक्त मितिभित्रै स्वदेश र्फकन वा आफूले काम गर्ने कम्पनीको सम्पर्कमा भिसा परिवर्तन गर्न-गराउन अनुरोध पनि गरेको छ । उक्त मितिभित्र भिसा परिवर्तन नगरेमा र स्वदेश नफर्केमा अपि्रल १ देखि नै अध्यागमन विभागले भिसा रद्द गरिदिने र उनीहरुमाथि कानुनी कारवाही हुनसक्ने बताइएको छ ।

ती कामदार स्वदेश र्फकंदा अध्यागमन विभागमा चेक आउट मेमो (स्वदेश फिर्ती हुनुअघि लिनुपर्ने अनुमतिपत्र) लिनुपर्ने कानुनी प्रावधान छ । उक्त अनुमति नलिई र्फकने कामदार पुनः मलेसिया जान पाउने छैनन् ।

मलेसियाले छिट्टै श्रम कानुन परिवर्तन गर्दैछ । स्रोतका अनुसार उक्त कानुनमा रहेको यससम्बन्धी व्यवस्था हटाउने निर्णय भइसकेको छ भने रोजगार सम्बन्धी निजी एजेन्सी ऐनबाट पनि हटाउन लागिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob