scheduleशनिवार जेष्ठ ११ गते, २०७६

सुधार गर्दै सर्वोच्च, पाँच वर्षभन्दा पुराना मुद्दा शून्यमा झारिने

काठमाडौँ, २ चैत । सर्वोच्च अदालतले विचाराधीन पाँच वर्षभन्दा बढी पुराना मुद्दालाई अबको एक वर्षभित्र शून्यमा झार्ने रणनीति बनाएको छ । लामो समयदेखि विचाराधीन मुद्दालाई सुनुवाइमा प्राथमिकता दिइएको सर्वोच्च प्रशासनले जनाएको छ ।

करिब दुई हजार दुई सयको हाराहारीमा रहेका मुद्दा हालसम्म एक हजार छ सयमा झारिएको सर्वोच्च प्रशासनले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायपालिकाको नेतृत्व गरेपछि उक्त लक्ष्य निर्धारण गरिएको हो ।

सर्वोच्चका मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले अदालतले लिएको लक्ष्यअनुसार कार्यसम्पादन भएमा तोकिएको समयभित्र नै अपेक्षित नतिजा हासिल हुने बनाउनुभयो । निरौलाले भन्नुभयो, “एक वर्षभित्र मुद्दालाई शून्यमा झार्ने लक्ष्यअनुसार काम भइरहेको छ ।

हामीले दुई हजार दुई सय हाराहारीमा रहेका मुद्दा अहिलेससम्म एक हजार छ सयमा झारेका छौँ । लक्ष्यअनुसार नै काम हुँदा एक वर्षमा पाँच वर्षभन्दा पुराना मुद्दा रहँदैनन् ।” गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob