scheduleशनिवार जेष्ठ ११ गते, २०७६

अन्ततः लैनचौर सर्ने भए उपराष्ट्रपति

काठमाडौँ, २ चैत । उपराष्ट्रपतिको कार्यालय एक महिना पछि बहादुरभवन कान्तिपथबाट लैनचौरस्थित नयाँभवनमा सर्ने भएको छ ।

सरकारले गत वर्ष जेठमा समाज कल्याण परिषद्ले प्रयोग गर्दै आएको सो भवनलाई उपराष्ट्रपतिको आवासीय सुविधासहितको कार्यालय बनाउने निर्णय गरेको थियो ।

उपराष्ट्रपति कार्यालयका प्रवक्ता तेजराज पाण्डेले नयाँ वर्ष–२०७६ को दिन पारेर सर्ने योजना हो, तर त्यो दिनमा सम्भव नभएपछि बैशाख १५ गतेसम्म सरिसक्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

समाज कल्याण परिषद् फागुन २२ गतेबाट ललितपुर पुल्चोकस्थित केन्द्रीय बालकल्याण समितिको भवनमा सरिसकेको छ । उपराष्ट्रपतिको आवास तथा कार्यालय निर्माण तथा सुरक्षा व्यवस्थापनका लागि भवन निर्माण कार्य जारी रहेको छ ।

नयाँ कार्यालय मुख्य सडकसँगै भएकाले पर्खाल अग्लो र सुरक्षित बनाउने, सुरक्षा निकायका लागि आवासगृह (ब्यारेक) निर्माण तथा उपराष्ट्रपति आवास र कार्यालय निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी प्रवक्ता पाण्डेले दिनुभयो ।

सवारी सञ्चालनका लागि उत्तर र पूर्वी मोहडामा गरी दुईटा प्रवेशद्वारको व्यवस्था गरिएको छ । उत्तरी मोहडाको पुरानोलाई मुख्य प्रवेशद्वार र पूर्वतर्फको प्रवेशद्वारलाई वैकल्पिक रुपमा प्रयोग गरिने भएको छ ।

करिब २८ रोपनी १४ आना जमिनमा कलात्मकशैलीको चारतले पुरानो भवन रहेको छ । यो भवनको चौथो र तेस्रो तल आवास र दोस्रो तला र भुईंतला कार्यालय सञ्चालनमा प्रयोग हुने बताइएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob