scheduleआइतवार जेष्ठ १२ गते, २०७६

कांग्रेसी लोकतन्त्रः विशेष महाधिवशेनका लागि हस्ताक्षर अभियान

काठमाडौं, २ चैत । महासमितिको निर्णय केन्द्रीय समितिले उल्टाएकोमा आपत्ति जनाउँदै कांग्रेसका जिल्ला सभापतिहरूले विशेष महाधिवेशन बोलाउन ७७ वटै जिल्लामा हस्ताक्षर अभियान चलाउने भएका छन् ।

महासमिति बैठक समापनमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले केन्द्रीय नेता पनि महाधिवेशन प्रतिनिधि बन्न तलबाटै जितेर आउनुपर्ने, आरक्षण र समानुपातिक कोटामा एकपटक मात्रै अवसर दिने विषयमा प्रतिबद्धता जनाए पनि केन्द्रीय समितिबाट बहुमतले विधान पारित गर्दा यो विषय हटाएकोप्रति कांग्रेसका जिल्ला सभापतिहरूले आपत्ति जनाएका हुन् ।

शुक्रबार अनामनगरमा बसेको नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षीय कांग्रेसका २६ जिल्ला सभापतिहरूको गोप्य भेलाले विशेष महाधिवेशन बोलाउन आवश्यक पर्ने ४० प्रतिशत महाधिवेशन प्रतिनिधि पुर्‍याउन सबै जिल्लामा हस्ताक्षर अभियान चलाउने निर्णय गरेको हो ।

‘सभापति र नेताले केन्द्रीय नेता पनि महाधिवेशन प्रतिनिधि बन्न जितेर आउने, आरक्षण र समानुपातिकमा एक व्यक्ति दोहोरिरहन नपाउने विषयलाई महासमिति बैठकको समापनमा प्रतिबद्धता जनाउनुभएको थियो । उहाँहरूको प्रतिबद्धतापछि महासमिति समापन सहज भएको थियो,’ नुवाकोट कांगे्रस सभापति जगदीश्वरनरसिंह केसीले भने, ‘तर, महासमितिको निर्णयलाई केन्द्रीय समितिले उल्टाएपछि विधानलाई टेकेर हामीले विशेष महाविधेशनका लागि हस्ताक्षर अभियान अघि बढाउने तयारी गरेका हौँ ।’ नयाँ पत्रिका दैनिकमा रमेश सापकाेटाले खबर लेखेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob