scheduleशुक्रवार चैत्र ८ गते, २०७५

प्रविधिको प्रशंसा गर्दै प्रधानमन्त्रीले भने- … नत्र १२ पुण्यतिथि भइसक्थ्यो

काभ्रेपलाञ्चोक, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विकासको गतिले तीव्रता पाएको बताएका छन् । धुलिखेलस्थित काठमाडाैं विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले शुक्रवार विश्वविद्यालयमा आयोजित विशेष दीक्षान्त समारोहमा विकासमा अघि बढ्न सबै संयन्त्रलाई अँगालेको बताए।

उनले भने, “विकासका सबै संयन्त्र प्रयोग गरी अगाडि बढिरहेका छौँ, हामी मुलुकलाई समृद्ध बनाउन प्रयासरत छौँ।” उनले विकासलाई शिक्षा र विज्ञानसँग जोडेर मुलुक समृद्ध बनाउन आफूहरु अनवरत रुपमा लागिरहेको दाबी गरे।

प्रधानमन्त्री ओलीले कम विकसित हाम्रो मुलुक पछाडि पर्नुको कारण पत्ता लगाएर समाधान गर्न लागेको उल्लेख गरे। “हाम्रोजस्तै जमीन भएको सानो मुलुक स्वीट्जरल्याण्ड निकै विकसित छ, तर उसको विकास हाम्रोभन्दा निकै टाढा छ”, उनले भने, “ल्याण्डलक्ड र हिमाली मुलुकका हामी पनि उसकै गतिमा विकासलाई तीव्रता दिन प्रयासरत छौँ।” उनले आफूहरु समृद्धिको बाटोमा गम्भीररुपमा खटिरहेकाले विकासका पाइला छिटोछिटो अघि बढिरहेको दोहो-याए।

प्रधानमन्त्री ओलीले अर्को प्रसङ्गमा विज्ञान र प्रविधिका कारण आफू अहिलेसम्म बाँच्न पाएको बताए। उनले भने, “विज्ञान र प्रविधिले म अहिलेसम्म बाँचेको छु, नत्र मैले संसार छाडेको १२ वर्ष भइसक्थ्यो!” उनले विज्ञान प्रविधिको विकासका कारण नै विश्व उच्च प्रकारका स्वास्थ्य सेवा उपलब्ध भएकाले मानिसले पुनर्जीवन पाएको बताए। नागरिक दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob