scheduleबिहिवार जेष्ठ ९ गते, २०७६

फिफाद्वारा क्लब विश्वकपको घोषणा, युरोपियन क्लब एसोसिएसन असन्तुष्ट

एजेन्सी, २ चैत । विश्व फुटबल महासंघ (फिफा)ले सन् २०२१ बाट क्लब स्तरीय विश्वकप गर्ने निर्णय गरेको छ । युरोपियन फुटबल क्लबहरूले बहिष्कार गर्ने चेतावनीको बावजुद फिफाले यस्तो निर्णय गरेको हो । फिफाका अनुसार हरेक चार वर्षमा २४ टोलीका बीच क्लब विश्वकप हुनेछ ।

राष्ट्रहरुका बीचमा हरेक ४/४ वर्षमा हुने विश्वकपजस्तै यो प्रतियोगितामा युरोपका ८ क्लबहरु समावेश हुने अनुमान गरिएको छ । यस्तो निर्णय फिफा काउन्सिलले शुक्रबार गरेको हो । आफ्नो प्रस्ताव पारित भएकोमा फिफा अध्यक्ष गियानी इनफान्टिनोले खुसी प्रकट गरेका छन् । हर्षित् मुद्रामा उनले भने, ‘अब संसारले वास्तविक क्लबको विश्वकप देख्नेछ जहाँ प्रशंसकहरूले आफ्ना प्रिय टिमलाई विश्व विजेताको ताज जितेको हेर्नेछन् ।’

फिफाले यसलाई जुन र जुलाईमा विश्वकप र कन्फडरेसन कप तयारी खेलहरूका रूपमा प्रयोग हुँदै आएको ‘स्लट’मा आयोजना गर्ने उल्लेख गरेको छ । युरोपियन क्लब र प्रशंसकहरुको उपेक्षामा पर्दै आएको यस्तो प्रतियोगिता हाल हरेक डिसेम्बरमा प्रत्येक ६ कन्फड्रेसनबाट कुल ७ टोलीले प्रतिष्पर्धा गर्नेगरी भइरहेको छ ।

२४ टोलीमा सबैभन्दा बढी युरोपियन क्लबहरु ८ र दक्षिण अमेरिकाबाट ६ टोली हुनेछन् । त्यसैगरी एसियाको साथमा उत्तर र मध्य अमेरिकाबाट ३-३ टोली र ओशियानाबाट १ टोली सहभागी हुने सम्भावना छ । उक्त प्रतियोगितामा सहभागी हुने प्रत्येक क्लबले कम्तीमा ५० मिलियन पाउण्ड कमाउन सक्ने अपेक्षा छ ।

किन विरुद्धमा छ युरोपियन क्लब एसोसियसन ?

यस प्रतियोगिताबारे युरोपियन क्लब एसोसियसनको फरक माग गरेको छ । उनीहर नयाँ प्रतिस्पर्धा यसअघि भएको सहमतिअनुसार सन् २०२४ पछि तालिका अनुसार नै हुनुपर्नेमा मागमा अडिग छन् ।

फिफाको नयाँ निर्णयप्रति ध्यानाकर्षण भएको भन्दै एसोसियसनले युरोपियन कुनै पनि क्लब उक्त प्रतियोगितामा सहभागी हुन नहुने प्रतिक्रिया दिएको छ ।

उता फिफा अध्यक्ष गियानीले भने युरोपियन क्लबहरुसँग पनि सकारात्मक छलफल भइरहेको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘छलफल सकारात्मक भइरहेको छ, उत्कृष्ठ क्लबहरु सहभागी हुनेमा म आशावादी छु ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob