scheduleबिहिवार जेष्ठ ९ गते, २०७६

बार्सिलोना छाड्ने चर्चाबारे काउटिन्होको यस्तो प्रतिक्रिया


बार्सिलोना, २ चैत । ब्राजिलियन सुपर स्टार फिलिप्पे काउटिन्होले पुनः प्रिमियर लिगमा फर्कन सक्ने सम्भावनालाई खुला राखेका छन् । सञ्चार माध्यमहरुले केही समययता उनले प्रिमियर लिग टोली चेल्सी र म्यानचेस्टर युनाइटेड फर्कन सक्ने भन्दै खबरहरु प्रकाशन गरेका थिए ।

झण्डै एक वर्षअघि लिभरपुलबाट बार्सिलोना भित्रिएका उनी त्यहाँ राम्रोसँग जम्न सकिरहेका छैनन् । २६ वर्षीय काउटिन्हो गुमनाम त छैनन् तर अपेक्षाकृत चर्चा कमाउन सकिरहेका छैनन् ।

बार्सिलोनाले च्याम्पियन्स लिगको अन्तिम १६ मा लियोनविरुद्धको जितमा गोल गरेपछि बार्सिलोनामा पनि उनको पक्षमा माहोल बनिरहेको बताइन्छ । कतिपय सञ्चार माध्यममा प्रकाशित खबरहरुका अनुसार बार्सिलोनाका स्टारहरु नै पछिल्लो समय उनलाई थप अवसर र साथ दिनुपर्ने पक्षमा छन् ।

‘पछिल्लो केहि साता वा अझै महिना दिन यता मैले राम्रो खेल्न सकेको छैन,’ काउटिन्होले हल्लाहरुबाट पृथक रहेर भने, ‘म प्रदर्शनलाई सुधार्न चाहन्छु ।’ उनले अगाडि थपे, ‘अहिले जे भइरहेको छ त्यसमा म सन्तुष्ट छ । भविष्यका बारेमा कसलाई थाहा छ र । म आजको प्रदर्शनबाट खुसी छु ।’ बार्सिलोनामै राम्रो खेल्न आफू आएको उनले स्पष्ट पारे ।

केही समयमै हुने च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बार्सिलोनाले म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob