scheduleबिहिवार जेष्ठ ९ गते, २०७६

मड्रिडमा रहिम लगायत स्टारहरु केन्द्रित गर्ने तयारीमा जिदान


एजेन्सी, २ चैत । पछिल्लो समय बिर्सनलायक प्रदर्शन गरिरहेको स्पेनिस महारथी रियल म्याड्रिडका नयाँ प्रशिक्षक जिदानले स्टार खेलाडीहरु क्लबमा केन्द्रिकृत गर्ने तयारी गरिरहेका छन् ।

यसको लागि रियलले ३०० मिलियन पाउण्डसम्म खर्च गर्ने योजना बनाएको छ । यही योजनाअन्तर्गत १० महिनापछि क्लबमा प्रशिक्षकको भूमिकामा फर्किएका जिदानको आँखा इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड रहिम स्ट्रलिङमाथि परेको छ । डेली मेलमा प्रकाशित खबरका अनुसार रियलको आर्कषक प्रस्तावका बावजुद पनि सिटी भने रहिमलाई बेच्न इच्छुक देखिएको छैन ।

सिटीले रहिमलाई गत नोभेम्वरमा पाँच वर्षको लागि सम्झौता गर्दै क्लबमा भित्र्याएको थियो । २४ वर्षीय स्टार रहिमले यो सिजनमा उत्कृष्ठ प्रदर्शन गरिरहेका छन् । प्रिमियर लिगमा २७ खेल खेलेका उनले १५ गोल गरेका छन् भने ९ गोलका लागि एसिस्ट गरेका छन् ।

‘हामीलाई रहिम भन्ने को हो थाहा छ । अहिलेलाई यति बुझौ उनी उत्कृष्ट युवा खेलाडी हुन् । जसले रियल मड्रिडमा गएर थप राम्रो खेल्न सक्छन’, प्रशिक्षक जिदान भन्छन्, ‘विश्वमा निकै कम खेलाडीले मात्रै रियललाई सुधार्न सक्नेछ । हामी राम्रो युवा खेलाडी समेटेरै टिम बनाउने छौं । हामी त्यही युवा खेलाडीको खोजीमा छौं ।’ सन् २०१५ मा रहिम जब लिभरपुलबाट खेलिरहेका थिए, त्यतिबेला जिदान रियल ‘बी’ को प्रशिक्षक थिए । त्यतिबेला देखि नै जिदानले रहिममाथि आँखा लगाएका थिए ।

त्यसो त जिदानले अरु स्टार खेलाडीमाथि पनि आँखा लगाएका छन् । उनले ब्राजिल तथा पिएसजीका नेयमार, पीएसजीका एमबाप्पे, चेल्सीका इडेन हजार्ड, इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड रहिम स्ट्रलिङ र टोटेनहमका क्रिस्टियन इरिक्सनलाई मड्रिड भित्र्याउने तयारी थालेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob