scheduleबिहिवार जेष्ठ ९ गते, २०७६

महिला साफ च्याम्पियनसिपः बंगलादेश र नेपाल भिड्दै


काठमाडौं, २ चैत । महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल विराटनगरस्थित शहिद रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ ।
यसअघि, शुक्रबार भएको खेलमा श्रीलंका र भारत सेमिफाईनलमा प्रवेश गरेका छन् ।

विराटनगरको सहिद रंगशालामा श्रीलंकाले माल्दिभ्सलाई २–० ले पराजित गरेसँगै समूह बी बाट सेमिफाईनल पुग्ने दुई टोलीको टुङ्गो लागेको हो । समुह चरणका दुवै खेलमा पराजित हुँदै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपाली महिला राष्ट्रिय फुटबल टोलीले साफ महिला च्याम्पियनसिपको समूह ‘ए’ को अन्तिम खेलमा शनिबार बंगलादेशसँग खेल्दैछ ।

आजको खेलमा प्रशिक्षक हरि खड्काले भुटानविरुद्ध उत्रिएको पहिलो रोजाइमा एक खेलाडी परिवर्तन गर्ने सम्भावना रहेको छ । अमृता जैशीलाई पुनम जर्घा मगरले पुनर्स्थापित गर्ने सम्भावना रहेको बताइएको छ ।

नेपालले बंगलादेशविरुद्ध हालसम्म ५ खेल खेलेको छ जसमा ४ जित र १ बराबरी रहेको छ । यसक्रममा नेपालले दुई पटक ३-० र दुई पटक १-० को जित दर्ता गरेको छ । पछिल्लो पटक म्यानमारमा भएको ओलम्पिक छनोटमा दुई टोलीले १-१ को बराबरी खेलेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob