scheduleसोमवार जेष्ठ ६ गते, २०७६

मध्यपूर्वका देशहरुको भ्रमणमा निस्कदै पोम्पेओ

वासिङ्टन, २ चैत । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले आउँदो हप्ता मध्यपूर्वका देशहरुको भ्रमण गर्नै भएका छन् ।

क्षेत्रीय तथा सुरक्षासम्बन्धी विषयहरुमा छलफल गर्न उनि कुवेत, लेबनान, इजरायल लगायतका देशहरुको भ्रमण गर्न लागेको भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता रोबर्ट पालाडिनोले जारी गरेको वक्तव्यमा अर्को हप्ताको मङ्गलबार पोम्पेओ त्यसतर्फ प्रस्थान गर्ने उल्लेख छ ।

सबैभन्दा पहिले उनि कुवेत जानेछन् भने त्यसपछि उनि जेरुसेलम र बेरुत पुग्ने कार्यक्रम रहेको छ ।

जेरुसेलममा रहँदा उहाँले जेरुसेलमलाई नै अमेरिकाले इजरायलको राजधानी मानेको सन्देश स्मरण गराउने भएका छन् । त्यहाँ उनले इजरायल, साइप्रस र ग्रिसका उच्च अधिकारीहरुसँग छलफल गर्ने कार्यक्रम छ ।

विदेश मन्त्री पोम्पेओले उनीहरुसँग ऊर्जा र सुरक्षाका सम्बन्धमा पूर्वी भूमध्यसागर क्षेत्रले भोगिरहेको समस्याका बारेमा छलफल गर्नै जनाइएको छ । रासस/सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob