scheduleशनिवार श्रावण ३२ गते, २०७६

डाक्टरको रोजाई शहर, तीन सय ५३ स्थानीय तह चिकित्सकविहिन


काठमाडौं, ३ चैत । सरकारले ७ सय ५३ वटै स्थानीय तहमा चिकित्सक पु¥याउने लक्ष्य लिएको ८ महिना बितेपनि अझै स्थानीय तहमा चिकित्सकहरु नपुग्दा समस्या भएको छ । अहिले पनि झन्डै ३ सय ५३ स्थानीय तह चिकित्सकविहिन रहेका छन् ।

नेपाल मेडिकल काउन्सिलका अनुसार २४ हजार चिकित्सक दर्ता भएकामा करिब १२ हजार चिकित्सक मात्र विभिन्न अस्पतालमा कार्यरत छन् । झन्डै ७० प्रतिशत चिकित्सकको रोजाइमा केन्द्र पर्ने गरेकाले पनि यो समस्या देखिएको हो ।

चिकित्सकहरुलाई दिने सेवा सुविधामा सरकारले स्पष्ट जानकारी गराउन सके मात्र उनीहरु स्थानीय तहमा जान सक्ने वातावरण बन्न सक्ने पूर्व स्वास्थ्य सचिव डाक्टर दीर्घसिंह बमको भनाई छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार प्रति १० हजार बिरामीका लागि २३ स्वास्थ्यकर्मी हुनुपर्ने भए पनि नेपालमा मुस्किलले एक जना भागमा पर्ने गरेको छ ।

चिकित्सकलाई स्थानीय तहमा व्यवस्थापन गर्न सरकारले योजनाहरु भने बनाई रहेको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादव जानकारी दिए । मुलुक भरका स्वास्थ्य संस्थामा दरबन्दी अनुसारको चिकित्सक नपग्दा नागरिकलाई समस्या भएको छ ।

स्वास्थ्यको हकलाई संविधानले मौलिक हकमा मानेको भएपनि चिकित्सकहरु नहुँदा स्वास्थ्य उपचारका लागि आवश्यक सबै सुविधा नागरिकले पाउन नसकेको गुनासो गरेका छन् । संघीयता अनुसार चिकित्सकको व्यवस्थापन गर्ने नीति, रणनीति सरकारले बनाए पनि असहमति जनाउँदै सरकारी चिकित्सक नै आन्दोलनमा उत्रिँदा पनि स्थानीय तहमा चिकित्सक व्यवस्थापनमा ढिलाइ भइरहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage