scheduleशुक्रवार श्रावण ३ गते, २०७६

नेपाल र कतारबीच फेरी श्रम समझदारी गर्ने सहमति


काठमाडौं, ३ चैत । नेपाल र कतारबीच दुवै देशमा भएको नीतिगत परिवर्तनलाई आत्मसात गरेर पुनःश्रम समझदारी गर्ने सहमति भएको छ ।

दुई देशबीच हरेक वर्ष बस्ने बैठक अन्तरगत यसपटक कतारको दोहामा बसेको प्राविधिक टोलीबीच यस्तो सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो ।

यसअघिको श्रम समझदारी पुर्नलेखन गरेर अघि बढ्ने बिषयमा छलफल भएको नेपाली प्राविधिक टोलीको नेतृत्व गर्दै पुग्नुभएका मन्त्रालयका सहसचिव, रोजगार व्यवस्थापन महाशाखाका प्रमुख रामप्रसाद घिमिरेले जानकारी दिए । प्राविधिक टोलीको बैठक हरेक वर्ष बस्दै आएपनि यसपटक भने ३ वर्षपछि बसेको हो ।

श्रम सम्झौताले बिचौलिया गतिविधि न्यूनीकरण हुने र नेपाली कामदारलाई सहज हुने अपेक्षा गरिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob