scheduleबिहिवार बैशाख १२ गते, २०७६

शेयर बजार : छ अङ्कले बढ्यो

काठमाडौँ, ३ चैत । शेयर बजारमा आज छ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ५।९९ विन्दुले बढेर एक हजार १६१।४५ विन्दुमा पुगेको हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १।०८ विन्दुले बढेर २४७।१७ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १७२ कम्पनीको १४ लाख ७७ हजार ८९२ कित्ता शेयर  ३७ करोड १२ लाख ३६ हजार २५२ मा कारोवार भएको छ ।

कारोवार भएका कूल दश उपसमूहमध्ये आज तीन उपसमूहको शेयर कारोवार घटेको छ भने सात उपसमूहको शेयर भने बढेको छ । होटल २०।३६, विकास बैंक ४।६५ र अन्य उपसमूह ०।७१ विन्दुले घटेको छ । यस्तै बैंकिङ ७।६१, जलविद्युत् ९।१, वित्त ६।९२, निर्जीवन बीमा २।४४, उत्पादन ३५।४१, लघुवित्त १, जीवन बीमा ४५।८५ विन्दुले बढेको छ ।

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको चार करोड ४६ लाख एक हजार ४४० कारोवार भई शीर्ष स्थानमा पुगेको छ भने नेपाल इन्भेस्टमेन्ट बैंकको  दुई करोड ९३ लाख ३१ हजार ५१७, एनआइसी एशिया बैंकको  एक करोड ५४ लाख ४९ हजार ६९२, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको रु एक करोड ४५ लाख छ हजार ९४३ बराबरको कारोवार भएको छ ।

स्टकका अनुसार आशा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९।८४, युनाइटेट फाइनान्स ९।५५, श्रीराम सुगर मिल ८।५९, राधी विद्युत् कम्पनी ७।८३, जानकी फाइनान्स ६।८३, सिन्धु विकास बैंकका शेयरधनीले ६।४५ प्रतिशतले कमाएका छन् ।

यस्तै तिनाऊ डेभलपमेन्ट बैंकका शेयरधनीले ६।७४, घलेम्दी हाइड्रो पावर ४।९०, ङादी समूह ४।६१, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका शेयरधनीले ४।३६ प्रतिशतले गुमाएका छन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob