scheduleशनिवार चैत्र ९ गते, २०७५

समूहबिजेता बन्दै भारत सेमिफाइनलमा उक्लियो


विराटनगर, ३ फागुन । । पाँचाै महिला साफ च्याम्पियनसिप फुटबलअन्तर्गत साविक विजेता भारत अन्तिम खेलमा श्रीलंकाविरुद्ध शानदार जित निकाल्दै समूह विजेता बनेर सेमिफाइनलमा उक्लिएको छ । भारत श्रीलंकाविरुद्ध ५-० को जित निकाल्दै सेमिफाइनलमा उक्लिएको हो ।

विराटनगरस्थित शहिद रंगशालामा भारतले पहिलो हाफमा नै ४ गोलको अग्रता कायम गरेको थियो । खेलकाे तेस्राे मिनेटमै अग्रता लिएको भारतले सातौं मिनेटमा अर्को गोल थप्यो । ३६ औं मिनेटर र ४५ औं मिनेटमा अरु दुई गोल थपेपछि भारतले मध्यान्तरअघि ४-० को अग्रता लिएको हो ।

दोस्रो हाफको ४७ औं मिनेटमा रतनबाला देवीले ग्रेसकाे पासमा बक्सभित्रबाट गरेकाे प्रहार सिधै गाेलमा परिणत भयो । बाँकी समय कसैले गोल गर्न सकेनन् ।

समूह बिजेता भनेको भारतले फाइलन प्रवेशका लागि बंगलादेशसँग भिड्नेछ भने आयोजक नेपालले श्रीलंकासँग खेल्नेछ । दुवै सेमिफाइनल खेल बुधबार हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob