scheduleशनिवार चैत्र ९ गते, २०७५

जिम्बाब्वेमा आँधीका कारण ३१ को मृत्यु, कैयौँ बेपत्ता

हरारे, जिम्बाब्वे, ३ चैत । जिम्बाब्वेको पूर्वीक्षेत्रमा आएको आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको यहाँका अधिकारीले शनिबार जनाएका छन् ।

मोजाम्बिक नजिकैको सीमा क्षेत्रमा आएको आँधीका कारण अझै पनि ७१ व्यक्ति हराइरेहका छन् ।

आँधीका कारण हजारौँ व्यक्ति प्रभावित भएका र प्रभावित क्षेत्रमा विद्युत् काटिएको छ भने पुलहरू बाढीले बगाएको छ ।

पछिल्लो जानकारीअनुसार ३१ जनाको मृत्यु हुनुको साथै ७१ वेपत्ता रहेका छन् । आँधी र आँधीपछि आएको बाढीका कारण २५ घर निशाना पनि भेट्न नसकिने गरी बगाएको बताइएको छ ।

बाढी, पहिरो र आँधीका कारण सयौँ घरमा क्षति पुगेको छ । सीमा क्षेत्रमा रहेको एक विद्यालयबाट सेना र उद्वारकर्ता गरेको कारबाहीको क्रममा करिब दुई सय विद्यार्थीको उद्वार गरिएको बताइएको छ । रासस/एएफपी

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob