scheduleशनिवार चैत्र ९ गते, २०७५

पत्नी सीतासहित अमेरिका उडे प्रचण्ड

काठमाडौ, २ चैत । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल अमेरिका उडेका छन्। पुर्वप्रधानमन्त्री समेत  रहेका प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि आइतवार साँझ अमेरिकाको  प्रस्थान गरेका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, नेताहरु देवेन्द्र पौडेललगायतले विदाई गरेका थिए।

मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेको सीताकाे अमेरिकाको जोन हकिङ्स् अस्पतालमा पार्किन्सनको उपचार हुनेछ। उनको साथमा  स्वकीय सचिव तथा छोरी गंगा दाहाल पनि रहेकी छिन्। अमेरिका रहँदा दाहालको राजनितिक भेटघाट पनि रहने बुझिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob