scheduleशनिवार चैत्र ९ गते, २०७५

राप्रपा संयुक्तका अध्यक्षद्वय दाङमा

घोराही, ३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्षद्वय दाङमा आएका  छन् । हिन्दू जागरण अभियान एवं कार्यकर्ता प्रशिक्षणको सिलसिलामा दाङ आएका अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनीले आफूहरुले राजसंस्थासहितको हिन्दू राज्य स्थापित गराएरै छोड्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) जिल्ला कार्यसमिति दाङले आइतबार यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा दुवै अध्यक्षले अब आफूहरुले कहिले नछुट्टिने गरी पार्टी एकीकरण गरेको र अव दुवै अध्यक्ष मिलेरै देशमा हिन्दू राज्यको पक्षमा जनमत तयार गर्ने दाबी गरे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob