scheduleमगलवार बैशाख १० गते, २०७६

विगतको तिक्तता बिर्संदै मुकेश अम्बानी, तिरिदिए भाइको ८ अर्ब ऋण


नयाँदिल्ली, ५ चैत । नेपालीमा उखान छ- वैगुनीलाई गुनले मार्नुपर्छ । अझ आफ्नै दाजुभाइबीच सम्पत्तिको विषयलाई लिएर हुने तिक्तताको गुन कसरी तिर्ने ? उदाहरण बनेका छन् मुकेश अम्बानी ।

उनले जेल जान लागेका आफ्ना भाइ अनिल अम्बानीको ८ अर्ब ७७ करोड रुपैयाँ ऋण तिरिदिएका हुन् । मंगलबारसम्म अनिलले स्वीडेनको एरिक्सन कम्पनीलाई ८० मिलियन डलर तिर्न नसके जेल जानुपर्ने बाध्यता थियो ।

विगतको तिक्तता बिर्सिएर दाईले ऋण तिरिदिएपछि भाइ अनिलले वक्तव्य नै निकालेर दाजु र भाउजु नितालाई कृतज्ञता ज्ञापन गरेका छन् । अप्ठेरो पर्दा दाईले सघाएको भन्दै उनले आफ्नो परिवार विगतको तिक्तता बिर्सिएर अगाडि बढिरहेको उल्लेख गरेका छन् ।
मुकेश र अनिल धिरुभाइ अम्बानीका छोरा हुन् । पिताको सन् २००२ मा निधन भएपछि दाजुभाइबीच सार्वजनिकरुपमा सम्पत्ति र व्यापारबारे झगडा भएको थियो ।

झगडा मिलाउँदै उनीहरु सम्पत्ति र व्यापारको भागबण्डा गरेका थिए । अनिलले टेलिकम र ऊर्जा क्षेत्रको जिम्मा लिएका थिए भने मुकेशले तेल र पेट्रोकेमिकलको व्यापारको जिम्मेवारी सम्हालेका थिए ।

व्यापार फस्टाइरहेका मुकेशले गत एक बर्षमा मात्र १० अर्ब डलर सम्पत्ति कमाएका छन् । उता अनिलको व्यापार भने ओरालो लागिरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob