scheduleबिहिवार श्रावण २ गते, २०७६

मदिरा सेवन गरेपछि पक्राउ परेका पूर्वराष्ट्रपति रिहा


सन फ्रान्सिस्को, ५ चैत । पेरूका पूर्व राष्ट्रपति अलेजांद्रो तोलेदो को क्यालिफोर्नियामा सार्वजनिक रूपमा मदिरा पिएको आरोपमा आइतबार गिरफ्तार गरिएको अमेरिकी प्रहरीले बताएको छ ।

आइतबार पक्राउ परेका तोलेदोलाई एका रात हिरासतमा राखी सोमबार बिहानै रिहा गरिएको थियो ।

सत्तामा रहेका समय पदीय दायित्वको दुरूपयोग गरी ल्याटिन अमेरिका कै सबैभन्दा ठूलो भनिएको भ्रष्टाचार गरेको आरोप पूर्व राष्ट्रपतिमाथि लागेपछि उनी सन फ्रान्सिस्कोमा बसोबास गर्दै आएका थिए ।

सन मेटियो काउन्टीको सेरिफ कार्यालयका प्रवक्ता रोजमेरी ब्लैंक्सवेडले तोलेदोको पक्राउबारे सोमवार भने, ‘७२ वर्षीय तोलेदालाई आइतबार राति मेनलो पार्क शहरको सान फ्रान्सिस्कोको सामुद्रिक क्षेत्रमा रहेको एक रेष्टुरेण्टबाट गिरफ्तार गरिएको थियो । उहाँलाई कुनै आरोपमा मुद्दा नचलाई सोमबार विहानै छोडिएको छ ।’

तोलेदोले सन् २००१ देखि सन् २००६ सम्म राष्ट्रपतिका रूपमा काम गरेका पूर्व राष्ट्रपति कार्यकाल पूरा गरेपछि स्टेनफोर्ड विश्वविद्यालयमा अध्ययन गर्ने शिलशिलामा क्यालिफोर्निया बस्दै आएका छन् ।

पेरूमा पूर्व राष्ट्रपतिलाई गिरफ्तारीका लागी ३० हजार अमेरिकी डलर का पुरस्कार घोषित गरिएको छ ।

पूर्व राष्ट्रपति तोलेदोविरुद्ध राष्ट्रपतिका रूपमा रहेका समय ब्राजील को निर्माण कंपनी ओडेब्रेच्टसँग दुई करोड डलर घुस लिएको आरोप छ । यद्यपि उनले भ्रष्टाचार आरोपको खण्डन गर्दै आएका छन् । रासस/एपी

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob