scheduleमगलवार बैशाख १० गते, २०७६

आईसीसी टी–ट्वान्टी विश्वकप एसिया छनोट : खेल तालिका सार्वजनिक

काठमाडाैं, ६ चैत । सन् २०२० मा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकपको एसिया छनोटको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले निकालेको छनोट तालिका अनुसार एसिया छनोट सिंगापुरमा हुने भएको हो ।

छनोट आगामी जुलाई २२ देखि २८ सम्म आयोजना हुनेछ । एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपालको पहिलो खेल २३ जुलाईमा कतारसँग हुनेछ ।

यस्तै नेपालले दोस्रो खेलमा मलेसियासँग २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जुलाईमा सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । छनोट शीर्ष दुई टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । ग्लोबल छनोट अक्टोबर ११ देखी नोभेम्बर ३ सम्म युएईमा आयोजना हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob