scheduleसोमवार आषाढ़ ३० गते, २०७६

फोरम नेपालसँग वार्ता गर्न राजपा नेपालद्वारा वार्ता समिति गठन

काठमाडौं, ६ फागुन । संघीय समाजवादी फोरम नेपालसँग वार्ता गर्नका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले वार्ता समिति गठन गरेको छ ।

फागुन २९ गतेदेखि चैत १ गतेसम्म काठमाण्डौँमा राजपा नेपालको गोप्य बैठकले यो निर्णय गरेको हो । चैत १ गते फोरम नेपाललगायत विभिन्न दलसँग वार्ता गर्नका लागि राजेन्द्र महतोलाई संयोजक तोकेको थियो तर वार्ता समितिले चैत ५ गते मात्र पूर्णता पाएको हो । वार्ता समितिमा संयोजक महतो रहनुभएको छ भने अन्य सदस्यमा वृषेशचन्द्र लाल, रमेश यादव, सुनिल रोहित र केशव झा रहेका  छन् ।

यसैबीच अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवको संयोजकत्वमा प्रदेश सरकार संयोजन समिति पनि गठन गरेको छ । समितिमा यादवसहित मृगेन्द्रकुमार सिंह यादव, गज्जाधर यादव र डा. विजय सिंह गरी पाँचजना रहेका छन् । अनिल कुमार झाको संयोजकत्वमा स्थानीय तह संयोजन समिति समेत गठन गरेको छ ।

समितिमा झासहित मनिष सुमन, सीपी सिंह, गजेन्द्रकुमार मण्डल, सुरेश सिंह, नवकिशोर सिंह, मैथुर चौधरी, मनोज यादव र दीपककुमार रहनुभएको छ । राजकिशोर यादवको संयोजकत्वमा केन्द्रीय प्रशिक्षण विभाग गठन गरेको छ । विभागमा सदस्यको रुपमा जितेन्द्र सिंह, शिवप्रसा पटेल, हरेन्द्र यादव, सन्तोष मेहता रहेका  छन् । चक्रिय प्रणाली अनुसार अध्यक्षमण्डलको संयोजकमा शरतसिंह भण्डारी नियुक्त  भएका छन् ।

यसअघि अनियमिताका आरोपमा एकैपटक १३ जना कर्मचारीलाई निष्काशन गरेको मध्ये तीनजनालाई पुनः कर्मचारीमा नियुक्त गरेको छ । तीनजना पुरानै कर्मचारी रहेका छन् भने दुईजना नयाँ गरी पाँचजना कर्मचारी नियुक्त गरेको छ । महासचिव विनोद सिंहलाई सचिवालय सदस्यमा नियुक्त गरिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob