scheduleबिहिवार श्रावण २ गते, २०७६

बैठकमा सहभागी भएर फर्कदै गर्दा नेताहरु पक्राउ परे

काठमाडौँ, ७ चैत ।  नेकपा माओवादी विप्लव समूहका नेताहरु बैठक सकिएर फर्कदै गर्दा पक्राउ परेको विप्लव समूहका नेताहरुले बताएका छन् । ‘बैठकमा सहभागी भएर फर्कदै गर्दा नेताहरु पक्राउ परे’ –विप्लव समूहका एक नेताले बताए ।

प्रहरीले भने महाशाखाबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान काठमाडौंमा पक्राउ परेका नुमबहादुर विक र डिकेन्द्र राईको सूचनाका आधारमा रोशी गाउँपालिका–२ को काफलडाँडाबाट शिव धिमाल र विशाल तामाङलाई पक्राउ गरिएको बताएको छ ।

महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको नेतृत्वमा गएको प्रहरी टोलीले काफलडाँडामा पुग्दा जम्काभेट भएको र नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण गरेकाले आत्मरक्षाका लागि ४ राउन्ड फायर गरेको बताएको छ । चार राउन्ड फायर गरेपछि उक्त समूह भागेको र भागेकामध्ये झापा मेची नगरपालिका–३ का शिव धिमाल र सिन्धुपाल्चोक जुगलका विशउनुभयो ।

उनीहरुको साथबाट मोबाइल ६ थान, चार्जर ४ थान, ल्यापटप चार्जर, पिलास, कालो लेदर ब्याग र महान सर्वहारा सांस्कृतिक क्रान्तिको दस्तावेज लेखिएको किताव तथा अन्य मोबाइलहरु समेत फेला परेको प्रहरीले बताएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob