scheduleबिहिवार श्रावण २ गते, २०७६

‘रियल मड्रिडबाट खेल्ने मेरो सपना छ’

काठमाडौँ, ७ चैत । म्यानचेस्टर युनाइटेडका चर्चित खेलाडी हुन् पोउल पोग्वा । यस सिजन उचीन उच्च फर्ममा रहेका छन् । पुर्व प्रशिक्षक जोसे मारिन्होसँग सम्बन्ध बिग्रिएपछि उनी क्लब छोड्ने तयारीमा रहेका थिए ।

तर, म्यानुले मोरिन्होलाई बर्खास्त गर्दै ओले गनर नियुक्त गरेपछि उनी व्याक टु व्याक फर्ममा देखिएका थिए ।

पोग्वाले रियल मड्रिड जाने संकेत देखाएका छन् ।

मिडिया रिपोर्टका अनुसार उनले रियलबाट खेल्नु आफ्नो सपना भएको बताएका छन् ।

पछिल्लो समय उच्च फर्ममा रहेका उनले भनेका छन्, ‘रियल मड्रिडबाट खेल्नु हरेक खेलाडीको सपना हो । मेरो पनि हो । झन् रियलले जिदानलाई पुन प्रशिक्षकको जिम्मेवारी दिएको छ ।’
उनले थप्दै भने, ‘म अहिले म्यानुको खेलाडी हुँ । म भविष्यमा कुन क्लबमा हुनेछु, त्यो अहिले त्यसै भन्न सक्दिन । म म्यानुमा अत्यन्त खुसी छु ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob