scheduleबिहिवार श्रावण २ गते, २०७६

‘पिएसजीमा मेरा छोरालाई कैदीको जस्तो व्यवहार’

काठमाडौँ, ७ चैत । कुनै समय पिएसजीका स्टार खेलाडी थिए एद्रियन राबियोट ।

तर, टचेल प्रशिक्षकका रुपमा आएपछि उनको भुमिका भने विस्तारै साइड लागेको थियो ।

उनी बार्सिलोना जाने भएपछि गएको डिसेम्बर ११ देखि उनले खेल्ने मौका पाएका छैनन् ।

उनकी आमा भेरोनिक राबियोटले मिडिया सामु पिएसजी क्लबविरुद्ध ठुलो दुःख पोखेकी छिन् ।

उनले भनेकी छिन्, ‘मेरो छोराको पिएसजीसँगको सम्झौता सकिन केही महिनामात्र बाँकी रहेको छ । तर, मेरो छोरालाई पिएसजीमा कैदी झैँ व्यवहार गरिएको छ । उसलाई ट्रनिंगमा पनि संलग्न गराइएको छैन ।’

यस सिजनको अन्त्यसँगै उनी स्वतन्त्र हुनेछन् । तर, उनी कुन क्लब जाने हुन् त्यसबारे भने उनी अझै प्रष्ट छैनन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob