scheduleबिहिवार बैशाख १२ गते, २०७६

नेपाली सेनाको स्पष्टोक्ति- विप्लव समूहविरुद्ध परिचालित भएको हल्ला गलत

फाइल फोटो

काठमाडौं, ७ फागुन । नेपाली सेनाले विप्लव नेकपाविरुद्ध परिचालित भएको भन्ने खबरको खण्डन गरेको छ । कालीकोट लगायतका जिल्लामा विप्लव माओवादीविरुद्ध सेना परिचालन भएको भन्ने समाचारहरु कतिपय सञ्चारमाध्यममा आएपछि नेपाली सेनाले प्रेस विज्ञप्तिमार्फत् धारणा सार्वजनिक गरेको हो ।

नेपाली सेनाले विहीबार एक विज्ञप्ति जारी गर्दै त्यस्ता टिकाटिप्पणीप्रति सेनाको ध्यानाकर्षण भएको स्पष्ट पारेको छ । विज्ञप्तिमा नेपाली सेना अहिले पूर्वनिर्धारित तालिम, सैन्य अभ्यास र स्वास्थ्य शिविरमा केन्द्रित रहेको स्पष्ट पारिएको छ।
‘वर्तमान अवस्थामा नेपाली सेना आफ्नो पूर्वनिर्धारित तालिम, सैनिक अभ्यास तथा स्वास्थ्य शिविरलगायतका नियमित कार्यहरुमा केन्द्रित भएको हुँदा यस्ता समाचारहरुबाट भ्रममा नपर्न नेपाली सेना आग्रह गर्दछ,’ सेनाको विज्ञप्तिमा भनिएको छ ।

नेपाली सेनाले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘नेपाली सेना नेपालको संविधान, सैनिक ऐन र नेपाल सरकारको नीति तथा निर्देशन अनुसार सञ्चालन हुने संस्था भएकोले नेपाली सेना आफ्नो जिम्मेवारी प्रति सजग छ । सोही आधारभूत मान्यतामा नेपाली सेना सदैव अडिग रहेको समेत स्मरण गराउँदछौँ ।’

यस्तो छ सेनाको विज्ञप्ति :

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob