scheduleबिहिवार बैशाख १२ गते, २०७६

सरकारी प्रतिबन्धको डटेर सामना गर्छौंः बास्तोला


काठमाडौँ, ७ फागुन । सरकारी नेकपाले विद्रोही नेकपालाई लगाएको प्रतिबन्धको एक नेताले डटेर सामना गर्ने बताएका छन् ।

उक्त पार्टी निकट अनलाइन रातोखबरसँगको कुराकानीमा नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले यस्तो प्रतिक्रिया दिएका हुन् । सरकारले प्रतिबन्ध लगाएपछि नेता बास्तोलाले आफ्नो पार्टी सरकारी प्रतिबन्धबाट कुनै पनि हालतमा विचलित नहुने उनको जिकिर छ । उनले सरकारी प्रतिबन्धका कारण पार्टी, सेना र जनवर्गीय सङ्गठनका कुनै पनि संरचनाहरू विचलन र परिवर्तन नहुने बताएका छन् ।

नेता बास्तोलाको भनाई उद्धृत गर्दै उक्त अनलाइनले लेखेको छ, ‘सरकारी प्रतिबन्धबाट देशमा चलिरहेको जनसत्ताका कुनै पनि एकाइहरू अवरुद्ध हुने छैनन्, जनमुक्ति सेनाका कुनै पनि युनिटहरू निष्क्रिय हुने छैनन् र जनवर्गीय सङ्गठनका कुनै पनि संरचनाहरू विचलित हुने छैनन्, बरु हाम्रा सबै निकायहरू अझ सशक्त र अझ जुझारु र विस्फोटक हुनेछन् ।’

नेता बास्तोलाले भनेका छन्, ‘हाम्रो पार्टीको स्पष्ट नीति रहेको छ- अहिलेको नेपालको प्रधान अन्तरविरोध दलाल पुँजीवादी सत्ता र मुक्तिकामी जनताबीचको अन्तरविरोध हो । यसको समाधान देशका विद्यमान दलाल पुँजीवादी सत्ताको अन्त्य र त्यसको स्थानमा वैज्ञानिक समाजवादी सत्ताको स्थापनाबाट मात्र हुन सक्छ । देशको स्वाधीनता, सार्वभौतिकता स्वतन्त्रता, समृद्धि र निरन्तर परिवर्तनको प्रत्याभूति त्यति बेला मात्र सम्भव हुनेछ जति बेला नेपालको सत्तामा रहेको राजनीतिक व्यापारी र दलालहरूको सम्पूर्ण रूपमा सर्वनास हुनेछ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob