scheduleआइतवार श्रावण ५ गते, २०७६

शेरबहादुरले पार्टी छाड्दा विप्लवलाई झड्का

फाइल फोटो

स्याङ्जा, ७ चैत । विद्रोही नेकपाका नेता डा. शेरबहादुर थापाले पार्टी परित्याग गरेका छन् । स्याङ्जा जिल्लाका स्थापित माओवादी नेता थापाले एक विज्ञप्ति जारी गर्दै पार्टी परित्या गरेका हुन् ।

पार्टी छाड्नुको पछाडि उनले शारीरिक असशक्ततालाई प्रमुख कारण देखाएका छन् । ‘शारीरिक रुपमा अशक्त भएका कारण राजीनामा दिन बाध्य भएँ, अब स्वतन्त्र रहने छु’ भीरकोट नगरपालिका प्रमुख छाँयाराम खनाल र नगर प्रवक्ता दिपेन्द्र केसीसहितको रोहबरमा थापाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनले अगाडि भनेका छन्, ‘स्वतन्त्र रहे पनि मानव जीवनको हक अधिकार सुनिश्चित गराउने सभ्यतामूलक कार्यमा लाग्ने छु ।’

स्याङ्जा भीरकोट नगरपालिका—१ स्थायी ठेगाना भएका थापा २०३७ सालदेखि विद्यार्थी राजनीतिमा लागेका थिए । एमाले, माओवादी हुँदै वैद्य नेतृत्वबाट विप्लव नेकपामा पुगेका उनी नेकपा विद्रोहीको जिल्ला सचिव रहेका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob