scheduleबिहिवार श्रावण २ गते, २०७६

भट्टराईले पाए चलचित्र विकास बोर्डको अध्यक्षको जिम्मेवारी


काठमाडौं, ७ चैत । चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्रकर्मी केशव भट्टराईले जिम्मेवारी पाएका छन् । चैत ४ गते बसेको मन्त्रिपषिद् बैठकले भट्टराईलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

विहीबार सञ्चार प्रविधि तथा सूचना मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त निर्णय सरकारका प्रवक्ता समेत रहेका मन्त्री गोकुल बास्कोटाले उक्त निर्णय सार्वजनिक गरेका हुन् ।

लामो समयदेखि कलाकारिता क्षेत्रमा आवद्ध भट्टराई कलाकार र निर्माताको रुपमा परिचित छन् । ‘सो सिम्पल’, ‘आफ्ना मान्छे’, लगायत आधा दर्जनभन्दा बढी फिल्म निर्माण गरिसकेका छन् भने पछिल्लो समय उनले निर्माण गरेको पछिल्लो फिल्म ‘यात्राः अ म्यूजिकल भल्ग’ प्रदर्शनको तयारीमा रहेको छ ।

निवर्तमान अध्यक्ष निकिता पौडेलले राजीनामा दिएपछि बोर्डको अध्यक्ष पद खाली थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob