scheduleशनिवार श्रावण ४ गते, २०७६

अभिनेत्री लामिछानेद्वारा चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी


काठमाडौँ, ७ चैत । यही आगामी चैत्र २३ गते शनिबार हुनगईरहेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदको लागि वर्तमान महासचिव अभिनेत्री सरिता लामिछानेले उम्मेदवारी घोषणा गरेकी छिन् । काठमाडौँमा चैत्र २३ गते हुन गईरहेको नेपाल चलचित्र कलाकार संघको अधिबेसनबाट नयाँ कार्य समितिको लागि उनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

संघको विभिन्न कार्यसमितिमा बस्दै सक्रियरुपमा कलाकारहरुको हकहितमा बुलन्द आवाज उठाउँदै आएकी अभिनेत्री सरिता लामिछाने नेतृत्व सम्हाल्न सक्षम रहेकी चलचित्र वृतका विज्ञहरु बताउँछन् । विगत २ दशकदेखि सक्रियरुपमा चलचित्र क्षेत्र तथा कलाकारिता क्षेत्रमा रहेर सदैव कलाकारहरुको हितमा वकालत गर्दै आएकी उनि कलाकारितालाइ समेत निरन्तरता दिदै आगामी दिनहरुमा अझ बेशी सक्रियता जनाउदै कलाकारहरुको हक हीत र अधिकारको लागि सधै सपर्पित हुदै र कलाकार संघलाई सशक्त रुपमा अगाडि बढाउन पहल गर्ने अठोटको साथ आउने कार्यकालको लागि अधक्ष्य पदमा उम्मेदवारी दिने घोषणा गरेको अभिनेत्री सरिता लामिछाने बताउँछिन् ।

अध्यक्ष पदमा उम्मेद्वारी दिनको लागि पनि आफूभन्दा अग्रज कलाकार, पत्रकार, तथा समकालीन साथीहरुसँग सल्लाह सुझाव लिएर अगाडि बढेको र आफूलाई सहयोग गरी बिजय गराई दिनु हुन कलाकारहरु, पत्रकारहरु सबैमा अभिनेत्री लामिछानेले आग्रह समेत गरेकी छिन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob