scheduleआइतवार जेष्ठ १२ गते, २०७६

अप्रिल १ देखि जापान सरकारले नेपाली कामदार लैजाने तयारी

काठमाडौँ, ८ चैत । नेपाली कामदार लैजान जापान सरकारले सोमबार नेपालसँग सम्झौता गर्ने भएको छ । १ अप्रिलदेखि कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओसी)मा हस्ताक्षर हुने भएको हो ।

एमओसीमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र जापानका चार वटा अधिकारीले हस्ताक्षर गर्नेछन् ।

जापानी पक्षको हस्ताक्षरसहितको एमओसी नेपालस्थित जापानी दूतावासले श्रम सचिवसमक्ष पेस गर्ने कार्यक्रम छ ।

जापान स्वयंमका लागि विदेशी कामदार लैजाने विषय नयाँ भएकाले कतिपय विषयहरु प्राविधिक कमिटीको कार्यक्षेत्रमा राखेर एमओसी तयार पारिएको श्रम मन्त्रालयनिकट उच्च स्रोतले जनाएको छ । नयाँपत्रिकामा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob