scheduleशनिवार जेष्ठ ११ गते, २०७६

गुगलमाथि तेस्रो पटक जरिवाना साढे १ अर्ब युरो तिर्नु पर्ने

काठमाडौँ, ८ चैत ।  युरोपेली संघको एक आयोगले गुगलमाथि प्रतिस्पर्धामा रहेका अनलाइन सर्च इन्जिनका विज्ञापनदाताहरुलाई ब्लक गरेकोमा १ अर्ब ४९ करोड युरो जरिवाना लगाएको छ ।

यो जरिवाना अनलाइन विज्ञापनमा आफ्नो बलियो स्थितिको दुरुपयोगलाई लिएर लगाएको हो । कम्पिटिसन कमिसनले दु्ई वर्षभित्र गुगलमाथि प्रतिस्पर्धा नियम उल्लंघन गरेकोमा जरिवाना लगाएको यो तेस्रो पटक हो ।

गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले विज्ञापनबाट अर्बौँ डलर आय गरिरहेको छ र सन् २०१८ मा विज्ञापनमा यसको कर तिर्नुपूर्वको मुनाफा ३० अर्ब ७० करोड डलर पुगेको थियो । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob