scheduleबिहिवार बैशाख १२ गते, २०७६

युरो क्वालिफिकेशनः नेदरल्याण्डको सानदार जित

काठमाडौँ, ८ चैत । गएराति भएको युरो क्वालिफिकेशन अन्तरगत ग्रुप सीको खेलमा नेदरल्याण्डले बेलारुसलाई ४-० गोलले पराजित गरेको छ ।

खेलको पहिलो मिनेटमा नै मेम्फीस डिपेले गोल गर्दै नेदरल्याण्डलाई अग्रता दिलाए ।

खेलको २१ औँ मिनेटमा जर्ज विजयाल्डमले दोस्रो गोल गरे ।

खेलको ५५ औ मिनेटमा मेम्फीस डिपेले पेनाल्टीमार्फत गोल गर्दै नेदरल्याण्डलाई तीन गोलको अग्रता दिलाए ।

खेलको ८६ औ मिनेटमा भिर्जिल भ्यान डायकले गोल गरेका थिए । पछिल्लो समय नेदरल्याण्डको खेलमा धेरै सुधार आएको समिक्षकहरु बताउँछन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob