scheduleबुधवार बैशाख ११ गते, २०७६

भाजपाद्वारा उम्मेदवारहरुको सूची सार्वजनिक, मोदी पुन: बनारसबाट उम्मेदवार बन्दै

एजेन्सी, ८ चैत ।  भारतको सत्तारुढ भारतीय जनता पार्टीले यही चैत २८ गतेदेखि हुने १७ औं लोकसभा चुनावका लागि आफ्ना उम्मेदवारहरुको पहिलो सूची सार्वजनिक गरेको छ । भारतीय जनता पार्टीले बिहिबार साँझ पत्रकार सम्मेलन गरी आफ्नो पार्टीका १८४ जना उम्मेदवारको नाम घोषणा गरेको हो ।

घोषित सूचीअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि बनारसबाट उम्मेदवार बन्दै छन् । सन् २०१४ को लोकसभा चुनावमा पनि मोदी बनारसबाटै उम्मेदवार बनेका थिए । सार्वजनिक सूचीमा वरिष्ठ नेता तथा पूर्वअध्यक्ष लालकृष्ण आडवाणीको नाम भने छैन । आडवानीको निर्वाचन क्षेत्र गुजरातको गान्धीनगरबाट पार्टी अध्यक्ष अमित शाह उम्मेदवार बन्नेछन् ।

भाजपाका पूर्वअध्यक्ष तथा केन्द्रीय गृहमन्त्री राजनाथ सिंह भने उत्तर प्रदेशको राजधानी लखनउबाट उम्मेदवार बन्ने पक्का भएको छ । अर्का वरिष्ठ मन्त्री नीतिन गड्करी पनि पुनः नागपुरबाटै चुनाव लड्ने भारतीय सञ्चार माध्यमले लेखका छन ।

प्रमुख विपक्षी भारतीय राष्ट्रिय कांग्रेसले भने यसअघि नै १४६ जना उम्मेदवारको सूची सार्वजनिक गरेको थियो । भारतीय निर्वाचन आयोगले ५४३ सदस्यीय लोकसभा चुनाव सात चरणमा गर्ने घोषणा गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob