scheduleबिहिवार बैशाख १२ गते, २०७६

ब्रिटेनको बहिर्गमनका लागि ईयूबाट म्याद थप्ने सशर्त सहमति

एजेन्सी, ८ चैत ।  युरोपेली सङ्घ ईयूबाट ब्रिटेनको औपचारिक बहिर्गमनका लागि समयसीमा थप्न ईयूका नेताहरू सहमत भएका छन् । बेल्जियमको ब्रसल्समा सम्पन्न ईयूका नेताहरूको बैठकले ब्रेक्जिटका लागि दुई महिना समयसीमा थप्ने सहमति गरेको हो ।

ब्रिटिश सांसदहरूले ईयूका नेताहरूसँग भएको सहमतिलाई अर्को हप्ता अनुमोदन गरेमा ब्रिटेनले ब्रेक्जिटका लागि आउँदो मे २२ सम्मको समयसीमा पाउने तय गरिएको छ ।

सांसदहरूले सो सहमतिलाई अनुमोदन नगरे ब्रेक्जिटका लागि एप्रिल १२ सम्मको सानो समयसीमा दिइनेछ । पछिल्लो सहमतिपछि प्रधानमन्त्री टरिजा मेले ब्रिटिश सांसदहरूका लागि अब स्पष्ट विकल्प भएको बताएकि छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob