scheduleबिहिवार बैशाख १२ गते, २०७६

महिला साफ च्याम्पियनसिप : उपाधीका लागि नेपाल र भारत भिड्दै

काठमाडाैं, ८ चैत ।  पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारतबिच आज प्रतिस्पर्धा हुँदैछ । विराटनगरको शहिद रंगशालामा हुने खेल दिउँसो तीन बजे सुरु हुनेछ ।

दक्षिण एसियाली फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा भारतसंग पराजित हुँदै आएको नेपालले घरेलु मैदानमा उपाधी रक्षा गर्न चाहन्छ । सुरुवाती तीन संस्करणमा फाईनलमा भारतसंग पराजय व्यहोरेको नेपाल पछिल्लो संस्करणमा भने सेमिफाईनलमा भारतसंगै पराजित भएको थियो ।

महिला फुटबलमा दुवै टोली १० पटक भिडिसकेका छन् । खेलिएका १० खेलमा ७ खेल भारतले जितेको छ । दुई खेल बराबरीमा सकिएको छ भने पछिल्लो एक खेल नेपालले जितेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob