scheduleबिहिवार बैशाख १२ गते, २०७६

विप्लवलाई विध्वंस छाडभन्दा चित्त दुःखाउने पनि छन्ः प्रम ओली


रुपन्देही, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’लाई पनि शान्तिपूर्ण मार्गमा आउन सरकारले अपिल गरेको बताएका छन् । ‘तर, विप्लव समूहले विध्वंसात्मक गतिविधि छाडेको छैन, विप्लवलाई त्यसो नगर्नु भन्दा चित्त दुखाउनेहरु पनि छन्, उनीहरु देशका हितमा छैनन्,’ उनले भने ।

भैरहवा विमानस्थलमा शुक्रबार पत्रकारहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले सीके राउतले विखण्डन छाडेर र विकासको बाटोमा आउन सहमत भएको स्मरण गरे । उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी एकता आकस्मिक रुपमा टुंगिने बताए ।

उनले भने, ‘चुनावी गठबन्धन, पार्टी एकता घोषणाजस्ता नेकपाका धेरै गतिविधि आकस्मिक रुपमा टुंगिएका छन्, स्थानीय तहका एकता पनि आकिस्मक रुपमा नै टुंगिनेछ ।’

प्रधानमन्त्रीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एयर रुट मिलाउन भारतीय पक्षसँग छलफल भइरहेको जानकारी दिए । उनले भने, ‘विमानस्थल सञ्चालन हुनासाथ पर्यटकको आगमन खचाखच हुने विश्वास छ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob