scheduleशनिवार जेष्ठ ३२ गते, २०७६

कामले काला भएका आफ्नै नेतालाई प्रचण्डले नचिनेपछि …

काठमाडौं, ८ फागुन । लोकेन्द्र विष्ट माओवादीका उच्च तहका नेता थिए । उनी पटक-पटक मन्त्री पनि भए । रुकुम घर भएका उनी पछिल्लो समय पार्टीले लिएको लाइनसँग असमत छन् ।

उनी अहिले खेती किसानीमा जोडिएका छन् । उनी श्रमिकजस्तै खटिएर काम गर्छन् । उनले कामले कालो भएर जाँदा प्रचण्डले नचिनेको प्रसंगलाई रोचक ढंगले आफ्नो फेसबुकमा शेयर गरेका छन् ।

पढौं मन्त्री विष्टको किस्सा उनकै शब्दमा-

फेरि केही किस्साहरु
१. २०७२ सालमा काभ्रे जिल्लाको भकुन्डेबेशीमा कालो धानको खेती गरिरहेको बेला पूर्व कमरेड प्रचण्डले ७ महिनापछि फोन गरेर लाजिम्पाट निवास बोलाउनु भो । म गएँ।  त्यो दिन कुर्नु परेन । सिधै छतमा बोलाएकाले गएँ । 

त्यहाँ जाने बित्तिकै लाल सलाम गरेँ । उहाँले कुनै प्रतिक्रिया दिनु भएन । म ताजुपमा परेँ । फेरि लाल सलाम गर्दै ‘मलाई चिन्नु भएन ?’ भनेँ ।

अनि राम्ररी नियालेर/गहिरिएर हेर्नुभो । चस्मा फुकालेर, लगाएर र आन्खा पुछेर हेर्दै भन्नुभो- ‘हैन तपाईं को हो ??’

म झन विस्मयमा परेँ !! हैन बुढाले साँच्चै नचिनेकै हुन त ? 

त्यसपछि मैले भनेँ, ‘म लोकेन्द्र बिष्ट के ! तपाईंले बोलाएको मान्छे। कस्तो अचम्म हो यति छिटो बिर्सने !!!’

‘हैन तपाईं बिष्टजी नै हो त ?? हत्तेरिका क्या विधि का…लो भएको त भनेर ५ मिनेटसम्म तल-माथि गजबले हेर्नुभो ! अनि बल्ल ल ल बस्नोस् भन्नुभो ।

१ घन्टाको कुराकानीका क्रममा पनि विस्मयकारी नजरले हेरिरहनुभो । हुन पनि म कामको चाप र गर्मीले १२ किलो घट्दै का..लो भएको थिएँ । झण्डै चितामा पोल्दै गरेको लास जस्तो !! छुट्टिने बेलामा फेरि भन्नुभो, ‘अब यस्तो चामत्कारिक का…लो हुने काम नगर्नुस है ?!!’

म भने उस्तै बनिरहेँ । झन झन का..लो बन्ने क्रम जारी नै छ !!

२. भर्खर २ हप्ता अघि dragon fruit फर्ममा अरु कामदारहरुसँग मस्त काम गर्दै थिएँ। नसोधेरै २ जना भद्र मान्छे गेटभित्र पसे ।

उनीहरुले आफ्नै पाराले फर्म निरीक्षण गर्दै अघि बढे । हाम्रो अलिक नजिक आउँदै सोधे, ‘यो फर्मका मालिक खोइ’ भनेर।

मैले भनेँ, ‘खोइ थाहा भएन ! बजारतिर जानु भा’होला।’

अनि ती भद्रजनको भोलुम झन झन हाइ भो !! हामीले कानका जाली बचाउँदै तिनका कुरा सुनिउँ । फुर्ती हेर्दै आँखा पवित्र पारियो। जाने बेलामा मालिकको फोन माग्नुभो। मैले भने, ‘याद छैन ।’

उहाँहरु जानुभो । यसरी ढाँट्ने अरु केही कारण थिएन । केवल हामीलाई काममा disturb हुने भएकाले त्यसो गरियो/भनियो । sorry है त !!

३. आज नै dragon fruit फर्मभित्र बिरुवामा एकसुरले पानी चहार्दै थिएँ । नजिकको सडकमा मोटर बाइक हाँक्दै कसैले भन्यो, ‘हेर ऊ मन्त्री ।’

अर्कोले सोध्यो, ‘खोइ कहाँ ?’

उसले भन्यो, ‘ऊ त्यहाँ पानी चाहार्दैछ।’

कुनै दिन मन्त्री भैफालेकोले केही मान्छेहरुलाई हैरान छ !! ‘यो जन्तुले पनि काम गर्दोरहेछ’ भनेर।

हाइ !!मेरो देश मन्त्रीले काम गर्न नहुने रे ??!! तर आफूलाई भने बडो मजा आइरहेको छ। दिनभर गर काम, मीठो मानेर खाउ माम !! घुप्लुक्कै सुत, बिहान चङ्गा भएर उठ; फेरि काममा जुट !!! सुन्दर र सुखमय जिन्दगीको दिनचर्या ! न कसैको आश, न कसैको त्रास !! जय किसान जिन्दगी !!!

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob