scheduleमगलवार बैशाख १० गते, २०७६

घट्यो सुनको मुल्य

काठमाडाैं, ८ चैत । सुनको भाउ शुक्रबार तोलामा २ सय रुपैयाँ घटेको छ । सुन शुक्रबार प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार पाँच सय रुपैयाँ बढेर प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य शुक्रबार २ सय रुपैयाँ घटेको हो ।
त्यस्तै आज तेजावी सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ भने स्थिर छ  । चाँदी शुक्रबार पनि तोलाको ७ सय ४० रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob