scheduleबिहिवार श्रावण २ गते, २०७६

नेपाललाई पराजित गर्दै भारत बन्यो च्याम्पियन


विराटनगर, ८ फागुन । नेपाल लगातार पाँचौ पटक साफ च्याम्पियनसिपमा भारतसँग पराजित भएको छ । जितको सम्भावना इतिहासमै सबैभन्दा बढी राखिएको नेपालले यसपटक भारतसँग पराजित हुँदै पाँचौ साफ महिला च्याम्पियनसिपको उपविजेतामा सिमित भएको छ ।

विराटनगरस्थित शहिद रंगशालामा भारतले नेपाललाई ३-१ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । यससँगै भारत लगातार पाँचौपटक च्याम्पियन बन्न सफल भएको छ । नेपालको विजयमा भारत हरेक संस्करणमा बाधक बन्दै आइरहेको छ ।

अघिल्लो संस्करणको सेमिफाइनलमा हार भोगेको नेपालले सुरुवाती ३ संस्करणमा भारतसँग नै हार बेहोर्दै आएको छ ।

भारतको जितमा डालिमा छिब्बर, ग्रेस दाङमेइ र अन्जु तामाङले गोल गरे भने नेपालकी सावित्रा भण्डारीले एक गोल फर्काए पनि देशको पराजय रोक्न सकिनन् ।

खेलको २६औं मिनेटमा डालिमा छिब्बरले करिब ३५ यार्डबाट फ्रिकिकमा सुन्दर गोल गरेर भारतलाई अग्रता दिलाइन् । त्यसैगरी, ३३औं मिनेटमा डिफेन्डर पुनम जर्घा मगरको लामो पासमा सावित्रा भण्डारीले बराबरी गोल फर्काइन् ।

दोस्रो हाफमा नेपालले पहिलो हाफमा जस्तो दोस्रो हाफमा खेल्न सकेन । भारतका लागि ६३औं मिनेटमा सन्धियाको पासमा ग्रेस दाङमेईले गोल गरिन् भने
७८औं मिनेटमा वैकल्पिक खेलाडी अन्जु तामाङले गोल गर्दै नेपालको आशा समाप्त पारिन् । नेपाल चौथोपटक फाइनलमा पराजित भएको हो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob