scheduleसोमवार आषाढ़ ३० गते, २०७६

आगालागीमा ६ महिने शिशुको मृत्यु


मुग्लिन, ८ चैत । चितवनको इच्छाकामनामा आगालागी हुँदा एक बालकको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–२ फौदतमा आगालागीमा परी रामचन्द्र चेपाङका छ महिने छोरा शिव चेपाङको मृत्यु भएको हो ।

आगालागीले तीन घरसमेत जलेर नष्ट भएका छन् । रामचन्द्र, रामकृष्ण चेपाङ र दीपक चेपाङका घर पूर्णरुपमा जलेर नष्ट भएको आधारभूत विद्यालय मैतेसका शिक्षक ज्ञानबहादुर प्रजाले जानकारी दिए ।

शिक्षक प्रजाका अनुसार आगालागी आज अपराह्न २ बजेको समयमा भएको बताइएको छ । स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी घटनास्थलतर्फ गएको प्रहरी निरीक्षक नवीन बुढाथोकीले जानकारी दिए । घटनास्थल विकट र टाढा रहेकाले ढिला गरी खबर प्राप्त भएको बुढाथोकीले बताए । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob