scheduleशुक्रवार श्रावण ३ गते, २०७६

भ्रष्टाचारको अभियोगमा पूर्वराष्ट्रपति पक्राउ


ब्राजिलिया, ८ चैत । ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमरलाई भ्रष्टाचारको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

राजनीतिकर्मी र कर्मचारीतन्त्रका विचमा तालमेल गरेर सन् २०१४ मा अनियमितता गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

उनलाई साओ पाउलोस्थित आफ्नै निवासमा रहेकै बेला पक्राउ गरिएको अधिकारीहरूले जनाएका छन् । त्यसपछि उनलाई संघीय प्रहरीले रियो दि जेनेरियो लगेको छ ।

पुर्वराष्ट्रपति टेमर सन् २०१६ को अगस्टदेखि सन् २०१८ को डिसेम्बरसम्म ब्राजिलको राष्ट्रपति बनेका थिए । पदमा बहाल रहेकै बेला उनलाई भ्रष्टाचारको अभियोग लागेपछि पदमुक्त भएका थिए ।

उनलाई भ्रष्टाचार अपराध, आपराधिक संगठन र सम्पत्ति शुद्धिकरणका विषयमा थप छानविन गर्नका लागि पक्राउ गरिएको प्रहरी अधिकारीहरुले बताएका छन् । उनले आफुमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएका छन् ।

यस्तै अभियोगमा अन्य राजनीतिज्ञहरु पनि पक्राउ परेका छन् । यसरी पक्रा पर्ने प्रमुख राजनीतिज्ञमा पुर्वराष्ट्रपति लइज इनाकिओ जुला डा सिल्भा र पुर्व खनिज तथा उर्जा मन्त्री मोरेइरा फ्रान्सोलाई पनि पक्राउ गरिएको छ । रासस/एएनआई

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob